चेकिङ स्थल मै ग्रामिण यातायात बस चालक सम्मानित

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २१, २०७३

धादिङ फागुन २१ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले असल चालकलाई पुरस्कृत गर्न थालेको छ ।

शुक्रबार देखी सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको योअभियानमा ग्रामिण यातायात सहकरी सस्था लि.बाट सन्चालित बा. ३ ख. ८३९५ बस चालक नारायण श्रेस्ठ उत्कृष्ट चालकमा छनौटमा पर्नुभई पुरस्कृत हुनुभएको हो ।

धादिङ जिल्लामा संचालन भएका यात्रुबहाक सवारी साधन, सामाग्री ओसार पसार गर्ने गाडी, ट्रिपर जस्ता गाडीहरुलाई जिल्ला ट्राफिक कार्यालय गजुरीले चेकिङ स्थल मै गलत गर्नेलाई कार्बाही र राम्रोलाई पुरस्कृत थालेको यो अभियानलाई यातायात मजदुर र यात्रहरुले स्वागत गरेका छन् ।

अभियानमा बस, ट्रिपर, हाइस, सबै खालका चालकहरुलाई आफ्नो सवारी साधनलाई ट्राफिक नियम अन्तरगत चल्न चलाउन जिल्ला ट्राफिक कार्यालय गजुरीलेअनुरोध गरि सकेको छ ।