धादिङ फागुन १९ । धादिङ जिल्लामा रहेका ८ वटा क्याम्पस मध्य ६ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भएका छन् ।
जसमा निर्वाचन भएका क्याम्पसहरु मध्य नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलले ४ वटा क्याम्पसमा जित हासिल गरेको छ, भने २ वटामा एमाले निकट अखिलले जितेको छ ।
कुन क्याम्पस कस्ले जित्यो
नीलकण्ठ क्याम्पसको नतिजा
नीलकण्ठ बहुमुखि क्याम्पसमा नेवि संघका सरोज पाण्डेले संयुक्त प्यानलको नेतृत्व गर्दै ४ सय ११ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् । सचिवमा नेविसंघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेविसंघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, वसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भए । सभापति पदका लागि अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धामा थिए ।
गजुरीस्थित आर्दश बहुमुखीको नतिजा
गजुरीस्थित आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापति निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत ल्याइन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भए । त्यस्तै सदस्यमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भए । समानुपातिकतर्फ शर्मिला श्रेष्ठ र विश्वास खरेल निर्वाचित भएका छन् ।
नेत्रावतीमा नयाँ शक्ति र अखिल संयुक्त प्यानलको लज्जास्पद हार
नेत्रवती सामुदायिक बहुमुखी क्याम्पस खहरेको स्ववियु निर्वाचनमा नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद हार व्यहोरेका छन् ।
निर्वाचन सम्पन्न भए सँगै नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद पार्दै अखिल क्रान्तिकारी र नेविसंघको सयुंक्त प्यानल अध्याधिक मतले विजय भएको हो ।
सभापतिमा अखिल क्रान्तिकारीका रामबाबु विष्ट निर्विरोध विजय भएको हुनुभएको छ । सचिवमा नेपाल विद्यार्थी सघंका अनिता खडकले ४० मत, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश सापकोटाले ४४ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा नेपाल विद्यार्थी सघंका सिमा तिमल्सिनाले ४४ मत , नेपाल विद्यार्थी सघंका सविना घर्तिमगरले ४५ मत , नेपाल विद्यार्थी सघंकै सरस्वति पाण्डेले ४४ मत र अखिल त्रान्तिकारीका पार्वती विकले ४२ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
निर्वाचनका प्रतिद्धन्द्धि अनेरास्ववियु र नयाँ शक्ति युनियनका सयुंक्त प्यानल १-१ मत प्राप्त ।
चन्द्रोदय बहुमुखी क्याम्पस बेनिघाट
चन्द्रोदय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वनाचनमा नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । जसमा नेपाल विद्यार्थी संघको सुदिप गौली ७६ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका थिए ।
नमुना बागेस्वरी क्याम्पसमा अनेरास्ववियु निर्वा चित भएको छ ।
२ क्यम्पसमा निर्वाचन हुन बाँकी
१. वागेश्वरी म्याम्पस मलेखु
२. सल्यानटार क्याम्पस