धादिङ फागुन २० । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धदिङ्ले धादिङका कलाकारहरुलाई गोलबन्धगरी भाईचारको सन्देश दिन, वनभोज कार्यक्रम गर्ने भएको छ ।
धादिङमा लोक संस्कृति तथा लोक दोहरी कला संरक्षण गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धदिङ्ले कलाकार भाईचाराको सम्बन्ध विकासका लागि भन्दै आगामी फागुन २८ गते वनभोज कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धदिङ्का अध्यक्ष हिमाल घलेले धादिङपोष्ट सँग कुरा गर्दै धादिङ जिल्ला र जिल्ला बाहिर रहनु भएका सम्पूर्ण कला र गलाका धनी कलाकारहरुलाई आमन्त्रण गरिएको बताउनु भयो । हामीले तिहारमा काठमाडौमा देउसी भैलो खेल्दै धादिङको लोक संस्कृतिका
प्रचार गर्यौं धादिङमा पनि पटकपटक कार्यक्रम गरेका छौं, वनभोज हाम्रो समिक्षा र भेटघाट हो त्यसैले सबै कलाकारहरुलाई आमन्त्रण गरेका छौं अध्यक्ष घलेले बताउनु भयो । घलेका अनुसार वननभोज कार्यक्रम फाल्गुन २८, शनिबार त्रिशुली रिभर बीच क्याम खतौटीमा हुनेछ ।