पत्रकारले पेशा प्रति निष्ठावान र ईमान्दार हुन जरुरी छ

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २०, २०७३

हरिहरसिंह राठौर
समाजमा कसैको गतिविधी पनि लुक्दैन त्यस्तै गरि अहिलेको शिक्षित समाजले जिल्लामा को को पत्रकार ?

कुन कुन पत्रिकका पत्रकारले लेख्छन् भन्ने पनि हेक्का राखेका हुन्छन् । अनी पत्रकार महासंघमा को को छन् ? कस्ता कस्ताले जिते ? जितेका को को पत्रकार हुन् ? को को हैनन ? भनेर पनि हेक्का राखेका हुन्छन् । खिसी पनि उडाउछन् ।

कस्ता पत्रकार मिलेर जिल्ला शाखा गठन भयो ? पत्रकारहरु समाचार लेख्ने वोहेक अरु के के पेशा गर्छन् ? समाजले हरेक गतिविधव् नियालेको हुन्छ । समाजका कुरा पत्रकारले मात्रै थाहा पाउदैन समाज सवैले थाहा पाएको हुन्छ । भन्न नसकेर मात्रै हो । त्यसैले पत्रकारले पेशा प्रति निष्ठावान र ईमान्दार हुन जरुरी छ ।