हुरीबतासले धादिङका विभिन्न गाविसमा क्षति पुर्यायो

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १९, २०७३

धादिङ फागुन १८ । धादिङ जिल्लाका विभिन्न ठाउँहरुमा दिउँसो आएको पानी सहितको हुरी बतासले क्षति पुर्याएको छ ।

हुरी बतास सँगै आएको पानीले धादिङको लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ लगायतका ठाउँहरुमा भुकम्प पिडिहरु बस्दै आएका त्रिपाल, जस्ता पाताको छानो उडाएको छ ।

लापामा मात्र ७४ घरको छानो उडाएको छ, ३५ मिनेट जती निरन्तर रुपमा हुरी बतास चल्दा उत्तरी धादिङका भुकम्प पिडितहरुको टहरो उडाएको छ।

भुकम्प गए पस्चात त्रिपालमुनी बस्दै आएका पिडितहरुको बस्ने आवास पनि हुरीबतासले उडाएपछि बिच्चलीमा परेका छन् । हुरीबतासले उडाएको जस्ता त्रिपाल नेपाल रेद्धक्रस लापा उपशाखाले मिलाइदिएको छ । साथै अति प्रभावित ५४ घरधुरीलाई नेपाल रेद्धक्रस लापा उपशाखाले त्रिपाल वितरण गरेको रेडक्रस लापा उपशाखाका समितिका सदस्य मलङ तामाङले जानकारी दिनुभयो ।
तस्वीरः कृष्ण राना मगर