नेत्रावतीमा नयाँ शक्ति र अखिल संयुक्त प्यानलको लज्जास्पद हार

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १९, २०७३

हरि विश्वकर्मा
धादिङ फागुन १९ । नेत्रवती सामुदायिक बहुमुखी क्याम्पस खहरेको स्ववियु निर्वाचनमा नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद हार व्यहोरेका छन् ।

निर्वाचन सम्पन्न भए सँगै नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद पार्दै अखिल क्रान्तिकारी र नेविसंघको सयुंक्त प्यानल अध्याधिक मतले विजय भएको हो ।

सभापतिमा अखिल क्रान्तिकारीका रामबाबु विष्ट निर्विरोध विजय भएको हुनुभएको छ । सचिवमा नेपाल विद्यार्थी सघंका अनिता खडकले ४० मत, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश सापकोटाले ४४ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा नेपाल विद्यार्थी सघंका सिमा तिमल्सिनाले ४४ मत , नेपाल विद्यार्थी सघंका सविना घर्तिमगरले ४५ मत , नेपाल विद्यार्थी सघंकै सरस्वति पाण्डेले ४४ मत र अखिल त्रान्तिकारीका पार्वती विकले ४२ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

निर्वाचनका प्रतिद्धन्द्धि अनेरास्ववियु र नयाँ शक्ति युनियनका सयुंक्त प्यानल १ ÷ १ मत प्राप्त गरेकोले जानकारी दिनुभयो ।