उम्मेदवार माथि आक्रमण, चुनाव स्थगित, ३ घाईते

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७३

धादिङ फागुन १८ । धादिङको मेलेखुस्थित क्याम्पसमा उम्मेद्वारहरु माथि ढुङ्गामुढा प्रहार भएपछि संयुक्त उम्मेदवार घाइते भएका छन् ।

अध्यक्षको उम्मेदवार सहित ४ घाइते ३ जना काठमाडौमा उपचारत छन् ।

जयवागेश्वरी क्याम्पस मुख्य ढोकाबाटभित्र पस्दै गरेकी नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलको अध्यक्ष पदकी प्रत्यासी सुष्मिता रुपाखेती, सदस्य सुजाता भट्ट, पार्वती सेंढाई र रामशरण वोराङ्गलाई ढुङ्गा गरिए पछि उनिहरुलाई उपचारको लागि काठमाडौ लगिएको थियो ।

अखिल क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बने पछि हतास मनस्थितमा रहेका स्थानिय एमाले कार्यकर्ताहरुले गुण्डाहरु प्रवेस गराई आफ्ना उम्मेदवार माथि आक्रमण गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य राजन अधिकारीले बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई साङ्घातीक आक्रमण गर्ने गुण्डाहरुलाई अहिले सम्म प्रहरीले पक्राउ नगरेको भन्दै आफुहरुले संघर्षका कार्यतय गरेको बताउनु भयो ।

उम्मेदवार नै घाईते हुने गरि आक्रमण गरिए पछि मतदान पक्रियामा सहजता नहुने भन्दै अखिल क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानलले मतदान प्रक्रिया रोक्न माग गरेका थिए ।

ताला बन्दी पछि सुचना टाँस गरि चुनाव स्थगित

jaya-bageshwori