सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता ,चन्दलाई आइजीपी बनाउने निर्णय तत्काल कार्यान्वयन नहुने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७३

adalat

धादिङ, फागुन १८ । सर्वोच्च अदालतले  डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्चले चन्दलाई आइजीपीमा बढुवा नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता समेत दिएको छ । फैसलासँगै अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्दलाई आइजीपी बन्ने बाटो बन्द भएको छ ।

बुधबार अदालतले चन्दलाई आइजीपीमा बढुवा गर्नुपर्ने कारण तीन दिनभित्र लिखित रुपमा पेस गर्न पनि सरकारलाई आदेश दिएको छ ।
अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत पाँच जनाविरुद्ध गत माघ २८ गते र फागुन १ गते महानिरीक्षकको प्रतिस्पर्धामा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले चन्दको पदबहाली रोक्ने अन्तरिमकालीन आदेश जारी गरेको थियो ।