धादिङ, फागुन १८ । हंगेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब रु ११ अर्ब २० करोड ऋण सहयोग गर्ने भएको छ । उक्त ऋण एक प्रतिशतभन्दा कम ब्याजदरमा उपलब्ध गराउने जनाएको छ। हंगेरीका विदेशमन्त्री पिटर सिजार्ताेले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटकाक्रममा सो जानकारी दिएका हुन् ।
उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । परराष्ट्रमन्त्री डा. महत उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनले मंगलबार नै राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रलाई सम्बोधन गरेका थिए ।
राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा. महत र हंगेरीका विदेशमन्त्री सिजार्तोबीच मंगलबार द्विपक्षीय वार्ता भएको थियो ।