धादिङ, फागुन १८ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजारमा बुधबार दिउँसो बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवाको घटनास्थलमा नै ज्यान गएको छ ।
पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख १४६० नम्बरको यात्रुबाहाक बसले स ५ प १२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्गापुर–९ का ३० वर्षिय सुरेन्द्र महतोको ज्यान गएको हो ।
गाउँबाट भोज खान बुवासँगै गोलबजार आएकाबेला बसको ठक्करबाट सुरेन्द्रको ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायाले जानकारी दिनुभयो ।
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७३