धादिङ, फागुन १८ । धादिङको मलेखुमा रहेको जय वागेश्वरी वागेश्वरी क्याम्पसमा विद्यार्थीहरु बीच झडप हुदा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । झडपमा तीन जना छात्रा घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको जनाइएको छ । गम्भीर घाइते अखिल क्रान्तिकारीकी सुजाता भट्टलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाइएको छ । सुस्मा रुपाखेती र पार्वती सेढाईंको अवस्था भने सामान्य रहेको छ ।
एमाले अखिलका विद्यार्थीहरुले ईंटा प्रहार गरेर आफ्ना विद्यार्थी घाइते बनाएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज यादव गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार ईंटा लागेर भट्टको टाउकोमा गम्भीर चोट लागेको छ ।