धादिङ, फागुन १७ । विकसित राजनैतिक घटना क्रम र समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।आजको सम्बोधनलाई जनताले विषेश रुपमा हेरिएको छ ।
चुनावको मिति घोषणा, संविधान संसोधन विद्येयक लगायतका विकसित राजनीतिक घटनाक्रममाथि प्रधानमन्त्रीको सम्बोधन रहने उनको निजि सचिवालयले जनाएको छ ।
सरकारले फागुन ९ गते चुनावको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् ।