धादिङ, फागुन १६ । सामुदायिक वन मिचेर बनाइएको रेडियो धादिङको भवन गत असोजमा जिल्ला बन कार्यालयले भत्काएपछि अन्तः रेडियोले पुनः अर्को नया भवन बनाउने भएको छ । रेडियो जनतालाई सु सूचित गराउने माध्यमले नै वन अतिक्रमण गरेको भन्दै व्यापक जन गुनासो आएपछि अतिक्रमित वन जिल्ला वन कार्यालय धादिङले डोजर लगाएर खाली गराएको थियो ।
ग्रामीण संचार सहकारी संस्था लिमिटेडद्धारा वि.सं. २०६४ साल भदौ २० गतेदेखि प्रसारण शुरु गरेको रेडियो धादिङले नयाँ भवन बनाउन लागेको हो । अव विद्या सागर स्मृति संचार भवनको नामबाट वनाउन लागेको हो ।
रेडियो धादिङको भवन निर्माणको लागि नीलकण्ठ–३ निबासी यदु बहादुर रेशमी मगर र उहाकी श्रीमती अम्रिता रेशमी मगरले शान्त बजारमा तीन आना जग्गा प्रदान गरेपछि भवन निर्माण गर्न लागिएको रेडियोले जनाएको छ । अब बन्ने भवन दश कोठे हुने बताइएको छ । सोमबार एक कार्यक्रमका विच सांसद एवं रेडियोका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले शिलान्यास गरेका थिए । धादिङवाट सञ्चालित विभिन्न अनलाइनको सहयोगमा