स्ववियु चुनाव नरोकिने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १६, २०७३

Untitled-1-7-870x490

धादिङ, फागुन १६ । त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसहरुमा लगाइएको ताला खोलेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन गरेको सहमति २४ घण्टामै असफल भएको छ । त्रिविले ताला नखुलेका क्याम्पसमा मात्रै भए पनि चुनाव गरी छाड्ने तर निर्वाचन स्थगन नगर्ने भएको छ ।त्रिवि पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीबीच ताला फोडेर भने पनि उम्मेदवारी मनोनयन गराउने सहमति भएको थियो । त्यसका लागि सोमवार विहान साढे दश बजेसम्म मनोननयन तालिका बनाइएको थियो ।

आइतवार रातिसम्म क्याम्पसका ताला खोल्ने प्रयास भए पनि प्रमुख विद्यार्थी संगठनले नै नचाहेपछि ताला खुलाउने कार्य असफल भएको त्रिवि प्रशासनले जनाएको छ ।