काठमाडौंमा दोस्रो भूकम्पको धक्का महसुश

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १६, २०७३

bhukampa

धादिङ , फागुन १६ । सोमबार बिहान भूकम्पको दोस्रो झड्का महसुस भएको छ । ९ बजेर २२ मिनेट जाँदा भूकम्पको पहिलो झड्का महसुस भएको थियो । बिहान १० बजेर ६ मिनेट जाँदा  रामेछापमै केन्द्र बनाएर ४.७ म्याग्निच्युडको  अर्को पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि फागुन ७ गते धादिङ केन्द्र विन्दु भएर ४ रेक्टरको परकम्प गएको थियो । माघको २८ गते पनि दार्चुला केन्द्र विन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।