धादिङ , फागुन १६ । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा समस्या आएपछि आइतबार राती राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
बिहिबारदेखि नै पुनको स्वास्थ्यमा समस्या देखिएको थियो। निवासमै उपचारपछि सामान्य बन्दै बन्दै गएका पुनको आइतबार साँझ फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
शनिबार उनलाई शनिबार १५–१६ पटकसम्म बमिट भएको र घरमै उपचार पछि बमिट हुन रोकिएको पारिवारिक स्रोतले जनाएको छ। आइतबार साँझ फेरि सिंगाटा लाग्ने, बमिट हुने जस्ता समस्या देखिएर अवस्था जटिल बन्दै गएपछि नर्भिकको आइसियुमा भर्ना गरिएको हो।
उपराष्ट्रपति पुनका नीजि चिकित्सक डा शिवजी सिलवालले पुनलाई आइतबार राती १० बजेतिर नर्भिकमा भर्ना गरिएको जानकारी दिए। उनको रगतमा सोइडियमको मात्रा कम देखिइएको छ।