काठमाडौंमा भूकम्पको धक्का

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १६, २०७३

 

bhukampaधादिङ , फागुन १६ । काठमाडौं उपत्यकामा भूकम्पको सामान्य धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।

यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि फागुन ७ गते धादिङ केन्द्र विन्दु भएर ४ रेक्टरको परकम्प गएको थियो । माघको २८ गते पनि दार्चुला केन्द्र विन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।