नोकियाको एक महिना ब्याट्री टिक्ने ३३१० मोवाइल फेरी बजारमा

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १६, २०७३

nokia

धादिङ ,फागुन १६ । बन्द भएको १२ वर्षपछि नोकियाको ३३१० मोवाइल १२ वर्षपछि फेरि बजारमा आएको छ । यो फोन झण्डै १७ वर्षअघि पहिलो पटक बजारमा आएको थियो र विश्वभरमा सबैभन्दा धेरै बिक्री हुने मोबाइल फोन बनेको थियो । सन् २००५ मा बन्द हुने बेलासम्म विश्वभर यो फोनका १२ करोड ६० लाख सेट बिकेको थियो । बन्द भएको १२ वर्षपछि यो फोनको नयाँ भर्सन सार्वजनिक गरिएको हो । नोकिया ब्राण्ड अहिले फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । विशेषज्ञले ब्राण्डको रिलञ्च गर्ने राम्रो तरिका भएको बताएका छन् ।
नोकिया ३३१० टिकाउ पना र सापको विशेष खेलका लागि परिचित छ । एचएमडीले ३३१० को नयाँ संस्करणसहित नोकियाका तीन वटा एन्ड्रोइट फोन पनि सार्वजनिक गरेको छ । नोकिया ३३१० फेरि सार्बजनिक गर्दा नोकियाका अरु फोनको पनि बिक्री बढ्ने प्रविधी विशेषज्ञ बेन वुडले बताउनुभएको छ । नयाँ ३३१० स्मार्टफोन भएकाले यो फिचर फोन नै हो ।
तर यसमा सीमित इन्टरनेट सेवा छ । यो एस ३० प्लस अपरेटिङ सिस्टमबाट चल्नेछ । यसमा २।५ जीको सीमित गतिको इन्टरनेट चल्नेछ । यसमा दुई मेगापिक्सलको क्यामेरा रहेको छ । यसको सबैभन्दा खास विशेषता यसको ब्याट्री हुनेछ । एक पटक चार्ज गरेपछि झण्डै एक महिना चल्ने र २२ घण्टासम्म लगातार कुरा गर्न सकिने एचएमडीले जनाएको छ । यस्तै फोनमा स्नेक गेमको नयाँ संस्करण इन्स्टल गरिएको छ । यसको मूल्य झण्डै ५२ अमेरिकी डलर रहने छ । एचएमडीले नोकिया थ्री, नोकिया फाइप र नोकिया सिक्स गरी तीन वटा नयाँ एन्ड्रोइट स्मार्टफोन पनि सार्वजनिक गरेको छ । उसले नोकिया ब्राण्डका ६ वटा नयाँ स्मार्टफोन पनि सार्वजनिक गर्ने जनाएको छ ।एजेन्सीको सहयोगमा