धादिङमा पत्रकार महासंघको चुनाव नजिकियो आआफ्नै उम्मेदवार घोषणा

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १५, २०७३

धादिङ फागुन १५ । नेपाल पत्रकार महासंघ मध्यामाञ्चल क्षेत्र अन्तरगतको जिल्लाहरुमा निर्वाचन नजिकिदै गर्दा धादिङमा अध्यक्षका उम्मेदवारहरु सामाजिक सञ्जानमा देखिन थालेका छन् ।

पत्रकार महासंघ धादिङ शाखामा यस अघिका अधिवेशनहरु मतदान प्रक्रियामै नपुगि सहमतिको आधारमा कार्यसमिति केन्द्रीय प्रतिनीधि निर्वाचित हुँदै आएका थिए ।  आगामी फागुन १७ गते हुने  अधिवेशनमा भने अध्यक्षका आकाँक्षीहरुले सामाजिक संजाल प्रयोग गरि अधयक्षको उम्मेदवार घोषणा गरेको हेर्दा मतदान प्रक्रियामा जान सक्ने अनुमान गर्न सकिन्छ ।

को को छन् त अध्यक्षका आकाक्षीहरु

१. रमेश आचार्य

यस अघिका हरेक अधिवेशनहरु अन्य संगठनहरुलाई सहयोग गर्दै आएकोले यस पटक आफ्नो संगठनले संगठनका तर्फबाट रमेश प्रसाद आचार्यलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको प्रेस सेन्टर धादिङका अध्यक्ष नारायण सिलवालले बताउनु भयो । उहाँले  सबै संगठनहरुका साथै स्वतन्त्र पत्रकारहरु सँग आफ्नो उम्मेदवारलाई सर्वसहमतिबाटै अध्यक्ष बनाउन छलफलमा जुटि रहेको बताउँदै महासंघको नेतृत्व युनियन र चौतारीको होइन सबैको साझा संस्थाको रुपमा हेरिनु पर्ने बताउनु भयो । आचार्य एबिसी टेलिभिजनका धादिङ पत्रकार हुन् ।

२. नवराज छत्कुली
प्रेस चौतारीको कार्य समितिले पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीलाई पुन फेरी महासंघको नेतृत्वका लागि अघि सारेको छ । नवराज छत्कुलीलाई अध्यक्ष बनाउन चौतारीले सबैलाई आग्रह समेत गरि सकेको छ । छत्कुली इमेज टेलिभिजन धादिङका पत्रकार हुन् ।

 

 

 

३. पोषनाथ अधिकारी
प्रेस युनियन धादिङले पनि आफ्नो तर्फबाट पोषनाथ अधिकारीलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । पोषनाथ अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ पत्रकार हुन् ।

 

 

धादिङ पत्रकार महासंघ जिल्ला शाखामा १ सय ९४ जना सदस्य मध्य चौतारी एक्लैको ९१ जना, युनियनको ५३ जना, प्रेस सेन्टरको ४४ जना र प्रेस सोसाइटीको ६ जना सदस्यहरु रहेको धादिङपोष्टलाई एक कार्य समिति सदस्यले बताए पनि सबै संगठनहरुले आआफ्नो उम्मेदवारहरुले जित्ने दावी गरि रहेका छन् ।