धादिङको तीन क्याम्पसमा स्ववियु चुनाव सकियो बाँकीको १८ गते हुने

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १५, २०७३

धादिङ फागुन १६ । धादिङ जिल्लाका तीन वटा क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ, बाँकी क्याम्पसको फागुन १८ गते हुँदै छ ।

शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सदरमुकामस्थित नीलकण्ठ बहुमुखी क्याम्पस र नौविसे स्थित मछिन्द्र क्याम्पसमा नेविसंघ र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको छ भने गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ ।

नीलकण्ठ क्याम्पसको नतिजा

५ सय ५७ मत खसेकामा सरोज पाण्डे ४ सय ११ मत ल्याएर अध्यक्ष भएका छन् । सचिवमा नेविसंघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेविसंघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, वसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भए । सभापति पदका लागि अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धामा थिए ।

मछिन्द्र बहुमुखी क्याम्पसको नतिजा

मछिन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका प्रदीप गिरी अध्यक्ष र विनोद आचार्य सचिव तथा एलिस पाठक कोषाध्यक्ष निर्वाचित भएका छन् ।

गजुरीस्थित आर्दश बहुमुखीको नतिजा

गजुरीस्थित आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापति निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत ल्याइन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भए । त्यस्तै सदस्यमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भए । समानुपातिकतर्फ शर्मिला श्रेष्ठ र विश्वास खरेल निर्वाचित भएका छन् ।

फागुन १८ गते स्ववियु निर्वाचन हुने क्याम्पसहरु

– चन्द्रोद य बहुमुखी क्याम्पस्, बिशालटार्
– रानिपौवा बहुमुखी क्याम्पस्, सल्यानटार
– नमुना बागेश्व रि बहुमुखी क्याम्पस्,बैरेनी
– जय बागेश्व रि बहुमुखी क्याम्पस्,रिचोकटार
– नेत्रावती बहुमुखी क्याम्पस , खहरे

जिल्लाका क्याम्पसहरु मध्य नेबिसघ र अखिल (क्रान्तिकारि) ले जिल्ला तह बाटै ४-४ क्याम्पस भाग लगाइ संयुक्त प्यानलका साथ चुनाब लडेका छन भने केहि क्याम्पसमा नयाँ शक्ति नीकट विद्यार्थी सँग तालमेल गरि र अन्य क्याम्पसका अनेरास्वबियु एक्लै प्यानल खडा गरी चुनाबी मैदानमा रहेको छ ।