अर्को वर्ष नागपञ्चमीमा नै जनै लगाउनु पर्ने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

calender

धादिङ फागुन १२ । नयाँ वर्ष वि.सं.२०७४ साल नजिकिदै छ । धेरैलाई चासोको बिषय बनेको छ की कुन चाडपर्व कहिले परेछ भनेर । आउँदो वर्ष अनौठो के परेको छ भने नागपञ्चमीमा नै जनै लगाउनु पर्ने भएको छ ।

पूर्णिमाको दिन चन्द्र ग्रहण परेकाले त्यसअघि पञ्चमीकै दिन जनै लगाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साउन २३ गते सोमबार पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्छ । ग्रहण नलाग्ने भए त्यही दिन ऋषि तर्पणी र जनै पूर्णिमा पथ्र्यो । ‘ग्रहण र संक्रान्तिको दिन जनै लगाउन नहुने शास्त्रीय मान्यता भएकाले नागपञ्चमीका दिन नै जनै लगाउनुपर्छ ।

यस्तो छ वि.सं. २०७४ सालको महत्वपूर्ण चाडवाडहरु

वैशाख : १ गते शुक्रबार नयाँ वर्ष, १३ गते बुधबार मातातीर्थ औंसी, १६ गते शनिबार अक्षय तृतीया, १८ गते सोमबार मजदुर दिवस, २७ गते बुधबार बुद्धजयन्ती ।

असार : २५ गते आइतबार गुरुपूर्णिमा ।

साउन : १३ गते शुक्रबार नागपञ्चमी र जनै लगाउने दिन, २३ गते पूर्णिमा, २४ गते मंगलबार गाईजात्रा, ३० गते सोमबार कृष्णाष्टमी ।

भदौ : ५ गते सोमबार कुशे औंसी, ७ गते बुधबार दर खाने दिन, ८ गते बिहीबार तीज, १० गते शनिबार ऋषिपञ्चमी, २० गते मंगलबार इन्द्रजात्रा, २१ गते बुधबार सोह्रश्राद्ध सुरु, २८ गते बुधबार जितीया पर्व ।

असोज : ३ गते मंगलबार स्रोहश्राद्ध समाप्त, ५ गते बिहीबार घटस्थापना, ११ गते बुधबार फूलपाती, १२ गते बिहीबार महाष्टमी, १३ गते शुक्रबार महानवमी, १४ गते शनिबार विजयादशमी, १९ गते बिहीबार कोजाग्रत पूर्णिमा । ३१ गते मंगलबार यमपञ्चक सुरु कागतिहार ।

कात्तिक : १ गते बुधबार कुकुर तिहार, २ गते बिहीबार लक्ष्मीपूजा, ३ गते शुक्रबार गाई गोरु र म्हपूजा नेपाल संवत सुरु, ४ गते शनिबार भाइटीका, ९ गते बिहीबार छठ पर्व, १४ गते मंगलबार हरिबोधनी एकादशी तुलसी विवाह ।

मंसिर : १ गते शुक्रबार बालाचतुर्दशी, ७ गते बिहीबार विवाह पञ्चमी, १७ गते आइतबार धान्य पूर्णिमा उधौली ज्यापू दिवस ।

पुस : ३ गते सोमबार पुसे औंसी, १० गते सोमबार क्रिसमस डे, ४ गते मंगलबार तोला ल्होसार, १५ गते शनिबार तमु ल्होसार, १७ गते सोमबार स्वस्थानी व्रत कथा सुरु ।

माघ : ८ गते सोमबार श्रीपञ्चमी, १७ गते स्वस्थानी व्रतकथा समाप्ती, ४ गते सोनाम ल्होसार, १६ गते मंगलबार शहीद दिवस ।

फागुन : १ गते मंगलबार शिवरात्री, ४ गते शुक्रबार ग्याल्पो ल्होसार, १७ गते बिहीबार पहाडमा होली पर्व, १८ गते शुक्रबार तराईमा होली पर्व, २४ गते नारी दिवस ।

चैत : ३ गते शनिबार घोडेजात्रा, ११ गते आइतबार चैतेदशैं र रामनवमी ।

वैशाख : १ गते शुक्रबार नयाँ वर्ष, १३ गते बुधबार मातातीर्थ औंसी, १६ गते शनिबार अक्षय तृतीया, १८ गते सोमबार मजदुर दिवस, २७ गते बुधबार बुद्धजयन्ती ।

असार ः २५ गते आइतबार गुरुपूर्णिमा ।