पोखरामा आज देखि जंगल फेस्टिभल शुरु

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

jungle

पोखरा फागुन १२ । पोखरामा आजदेखि जंगल फेस्टिभलको शुरु भएको छ । यो फेस्टिभलको तेस्रो संस्करण हो ।जंगल फेस्टिभल दर्शकहरुका लागि मनोरञ्जनको प्याकेज भएको आयोजकले दाबी गरेका छन् । ‘ब्याक टु नेचर’ थिम दिएर हुन लागेको यो फेस्टिभलमा बालकदेखि वृद्धवृद्धासम्म रमाउने थुप्रै रोचक कार्यक्रमहरु समावेश गरिएको आयोजक परिचय नेपालका अ ध्यक्ष सोभित बस्यालले जानकारी दिए ।फेस्टिभल २१ गतेसम्म सञ्चालन हुनेछ ।
फेस्टिभल ‘जंगली जीवन शैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक रहने आयोजकको विश्वास छ । ‘यो पटक दर्शकको ध्यान खिच्नका लागि जंगल भित्र थुप्रै कला कृतिहरुको निर्माण गरिएको छ । फेस्टिभल क्षेत्रमा छिर्नासाथ दर्शकले फरक स्वाद पाउनेछन् ।