आजबाट संसद खुल्ने, संविधान संशोधन विधेयक प्रक्रियामा जाने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

tri pachiya

धादिङ फागुन १२-लामो समय देखि अवरुद्ध हुदै आएको व्यवस्थापिका संसदको बैठक आज भने सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच संशोधन विधेयक अगाडि बढाउने सहमतिपछि संसद खुल्ने भएको हो । आज बिहान सिंहदरबारमा भएको छलफलमा सहमतिमै संशोधन प्रक्रिया अगाडि बढाउने निष्कर्षण पुगेको सभामुख घर्तीले जानकारी दिइन् ।

आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधन लगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् ।

ुसहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछुु, सभामुख घर्तीले भनिन् ।

संसद बैठक आज ३ बजेका लागि बोलाइएको छ ।