प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

oli pm

धादिङ फागुन १२-संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।
संसद बैठक अघि सिंहदवारस्थित सभामुख ओनसरी घर्तीको चम्बरमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

सरकारले आजको संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउन चाहेको छ । तर, एमालेसहितका ९ दलले भने विरोध गर्ने बताउँदै आएका छन् । दुई पटकसम्म सूचना टाँस गरि बैठक स्थगित हुदै आएको छ ।