धादिङ फागुन १२-पटकपटक सूचना टाँस गरी स्थगित हुदै आएको व्यवस्थापिका संसदको वैठक आज पनि अन्योलमा रहेको छ । दिउसो ३ बजेको लागि बोलाईएको बैठक सूचारु हुने की नहुने भन्नेमा अन्योलता देखिएको छ ।
सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्नको लागि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक प्रमुख प्रतिपक्ष एमालेको अवरोधका कारण अगाडि बढन सकेको छैन ।
यद्यपी एमालेले भने प्रक्रियामा जादा आउने परिणाम मोर्चाले मान्ने हो भने संशोधन विधेयक अघि बढन दिन जनाउ दिएको छ । तर मोर्चाले भने जसरी पनि विधेयक पास हुनु पर्ने अडान लिएको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि असन्तुष्टी जनाउदै आन्दोलनमा होमिएका छन ।