फोनबाट धम्काएर रकम माग्ने धादिङका एक युवक पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

phone

धादिङ फागुन १२-फोनबाट बैंकका सञ्चालकलाई धम्काएर रकम माग्ने धादिङका एक युवक पक्राउ परेका छन । धादिङ जीवनपुर गाविसका ३२ वर्षीय विदुर पौडेललाई   महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पौडेलले मुलुक फाइनान्सका संचालकलाई फोन मार्फत डर देखाइ १ करोड मागेका थिए । नदिए अपहरण गर्ने धम्की दिएका दिए। पक्राउ परेका पौडेल माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।