भारतले अरुण तेस्रो आयोजनाको लागि ९१ अर्व बजेट स्वीकृत

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ११, २०७३

arun 3rd

धादिङ फागुन ११-भारतले ९०० मेगावाट क्षमता भएको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि ९१ अर्व बजेट स्वीकृत गरेको छ । उक्त आयोजना निर्माणके लागि सतलज कम्पनीलाई अनुमति दिएको छ ।

नेपालको संखुवासभामा निर्माण हुने यो आयोजनाबाट भारतमा बिजुली निर्यातको लक्ष्य राखिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत गरेको हो । ‘आगामी सेप्टम्बरसम्ममा फाइनान्सियल क्लोजर सक्ने योजना छ, भारतका ऊर्जामन्त्री पियुस गोयलले पीटीआईलाई भने, ‘आयोजना निर्माण कार्य ५ वर्षमा सकिनेछ ।’

सतलज भारतीय सरकार नियन्त्रित कम्पनी हो र, अरुण तेस्रो बनाउन उसले सतलज अरुण तेस्रो विद्युत विकास कम्पनी ३ वर्ष अघि नै स्थापना गरेको छ ।