धादिङ फागुन ११-आगामी बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरिका शैक्षिक संस्थाहरु बन्द हुने भएको छ । सरकारलेृ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भएकोले एक हप्ता विद्यालयहरु बन्द गर्न लागेको हो । निर्वाचनमा सहज वातावरण निर्माण गर्नको लागि विद्यालय बन्द गर्ने भएको छ । मतदानस्थलका रुपमा प्रयोग हुने विद्यालय कम्पाउण्डहरु मर्मत गर्न भनेको छ ।
आयोगले चुनावको तयारीमा खटिने निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको सुरक्षा प्रवन्ध गर्नका साथै चाहिएका बेला उपलब्ध हुने गरी हवाइ टिकट र हेलिकोप्टरको समेत व्यवस्था गर्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।
निर्वाचन आयोगले देशैभरिका शिक्षकहरुको विवरण एक साताभित्र निर्वाचन आयोगसमक्ष पठाउन भनेको छ । साथै चाहिएका बेला कर्मचारीको व्यवस्था गर्न र निर्वाचन सामाग्रीको सुरक्षाको उचित प्रवन्ध गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।