धादिङ फागुन ११-निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका बुधवार सार्वजनिक गरेको छ ।तालिका अनुसार आगामी वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा लगतै आज आयोगले तालिका सार्वजनिक गरेको हो । उम्मेद्धारी दर्ताको लागि वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका,नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।
१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।