पोखरा फागुन ११-पोखरामा बुधवार दिउसो देखि पेट्रोल पम्पहरु बन्द भएको छ । उपभोक्ताले साविकको भन्दा बढि तेल स्टकमा राखेपछि अभाव चुलिएको हो । तेलको अभाव हुने हल्लाले गर्दा तेल स्टकमा राख्न थालेपछि समस्या भएको हो । तर तेल अभाव हुने कुरा निराधार मात्र रहेको पेट्रोलियम डिलर्स एसोसिएशनका महासचिव राजन गंगजुले बताए ।
पोखरा र लेखनाथमा सामान्य अवस्थामा चाहिने जति तेल पर्याप्त मात्रामा रहे पनि स्टक राख्न थालेपछि समस्या भएकोले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरिएको छ ।
ट्याङकर चालकको आन्दोलन र मधेशी मोर्चाले आज आह्वान गरेको बन्दले पनि सर्वसाधारण मानिस त्रसित बनेका हुन । सामान्य अवस्थामा पोखरामा दैनिक एक लाख लिटर पेट्रोल खपत हुदै आएको छ ।