संसद बैठक भोलीसम्मको लागि स्थगित

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ११, २०७३

samsad bhawan

धादिङ फागुन ११-व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित भएको छ । आज दिउसो २ बजेलाई तय गरिएको बैठक अब भोली दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संविधान संशोधन असंवैधानिक र जनताको हित विपरीत रहेको भन्दै आएको प्रतिपक्षी गठबन्धनले अवरोध गर्ने चेतावनी दिएपछि बैठक बस्न नसकेको हो । प्रतिपक्षी एमाले नेतृत्वको विपक्षी गठबन्धनले संशोधनको कार्यसूची राखी अन्य विषय संसदमा ल्याए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीमगरले सूचनाद्वारा बैठक स्थगित गर्ने निर्णय गरेकी थिइन ।

बैठक स्थगित हुनुअघि कार्यसूची बनाउन बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रतिपक्षी गठबन्धनले संशोधन विधेयक प्रक्रियाबाट आएको परिणाम स्वीकार्न सत्तापक्ष सबै दलहरु तयार भए प्रक्रिया अवरुद्ध नगर्ने बताएको थियो । संविधान संशोधनमा लचकता देखिएको एमालेले प्रक्रियामा जाँदा परिणाम स्विकार्ने सत्तापक्षले निर्णय नगरेकोले विपक्ष गठवन्धले अवरोध गर्ने निर्णय गरेको थियो ।