धादिङ फागुन ११-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सनको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । राजधानीमा भएको १३ औं राष्ट्रिय महाधिवेशनबाट सम्बाहाम्फेको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।महासचिवमा राजेन्द्र बानियाँ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा टंक भट्टराई निर्वाचित भएका छन् । उपमहासचिव घिमिरे पुरी प्यानलका हुन् ।
गएराति सम्पन्न मतगणनामा सम्बाहाम्फेले निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीलाई १२० मतले पराजित गरेका हुन् । सम्बाहाम्फेले ८७१ र पुरीले ७५१ मत पाए । निर्वाचनमा कुल एकहजार ६२३ मत खसेको थियो ।वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको निर्वाचन समिति संयोजक पर्शुराम कोइरालाले जानकारी दिए । इश्वरबहादुर गुरुङ पुरीको प्यानलबाट निर्वाचित भएका हुन् ।