काठमाडौ ११ फागुन-प्रमुख प्रतिपक्ष नेकपा एमालेले आजको संसद बैठक चल्न दिने भएको छ । वैठक आज दिउसो २ बजे बस्दैछ । लामो समयदेखि सुचारु हुन नसकेको संसद वैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक माथि छलफल हुने बताईएको छ । यसको लागि एमालेको बैठक अहिले बसिरहेको छ । एमालेको बैठक पछि विपक्ष गठवद्धन ९ दलको बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै आएको एमालेले मिति घोषणासँगै संसद चल्न दिने संकेत गरेको थियो । सरकाले स्थानीय तहको चुनाव आगामी बैशाख ३१ गते गर्ने घोषणा गरेको थियो । मोर्चाले भने संविधान संशोधन भएमा मात्र चुनावमा जान सकिने अडान लिएका छन ।