धादिङ फागुन ११-संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको कारण आज तराईका जिल्लाहरु ठप्प भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन बजार कलकारखाना ठप्प भएका छन ।सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन् । यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि चल्न सकेका छैनन् ।
सरकारले संविधान संशोधन विना नै स्थानीय चुनाव घोषणा गरेको भन्दै मोर्चाले चुनाव घोषणा गरेको केहि घण्टामा नै आन्दोलनको घोषणा गरेको थियो । मोर्चाले संविधान प्रति असन्तुष्टि जनाउदै फागुन १० गते मशाल जुलुश निकाल्ने फागुन ११ गते मधेश बन्द र फागुन १२ गतेदेखि १५ दिन सम्म भण्डाफोर अभियान गर्ने निर्णय गरेको थियो ।