संसद बैठक बस्दै संशोधन विधेयकमा छलफल हुने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ११, २०७३

धादिङ फागुन ११-

samsad bhawan

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिउसो २ बस्ने बैठकमा संविधान संशोधन विधेयक अघि बढाइने भएको छ । हिजो नै बस्ने भनिए पनि सदनको अवरोध हटने या नहटने भन्ने अन्योल रहेकोले सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको माग गर्दै सदन अवरोध गर्दै आएकोमा सरकारले गत सोमबार स्थानीय निर्वाचनको घोषणा गरेपछि एमालेले संविधान संशोधनलाई अघि बढन दिने संकेत गरेको छ । यद्यपि संविधान संशोधनलाई प्रक्रियामा लगेर असफल पारिदिने रणनीति एमालेले लिएको छ ।