पहिलो किस्ता लिने भूकम्पपीडितले चैत्र १५ गतेसम्म जसरी पनि जग हालिसक्नु पर्ने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १०, २०७३

bhukampa

धादिङ फागुन १०-राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पहिलो किस्ताको पचास हजार रुपैयाँ अनुदान लिएर पनि घरको जग नहालेका भूकम्प पीडितलाई आगामी चैत्र १५ गतेसम्म जग हाल्न समय तोकेको छ । यदि तोकेको समयमा घर निर्माणको कार्य शुरु नगरेमा सरकारले कालोसूचीमा राख्ने तयारी गरेको छ । अनुगमनको क्रममा पहिलो किस्ता लिएर घर नबनाउने धेरै पाइएकाले मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले चैत १५ सम्म प्रक्रिया पु¥याई दोस्रो किस्ताको रकम लिइसक्न समय तोकेको हो।
‘पुस १५ सम्ममा पहिलो किस्ता लिएका धेरै मानिसले घर नबनाएको गुनासो सुनियो’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भने, ‘केही दिनअघि घर बनाउन अनुरोध गरेका थियौं। आज समय सीमा नै तोकेका छौ । यो अवधिमा पनि घर नबनाएमा कारवाहिको प्रक्रिया अगाडि बढाउछौ ।
पहिलो किस्ताको ५० हजारले बनाएको घरको जग इन्जिनियरहरुले भूकम्पप्रतिरोधी छ भनी प्रमाणित गरेमा लाभग्राही दोस्रो किस्ताको १ लाख ५० हजारका लागि निवेदन दिन सक्छन्। प्राधिकरणले दोस्रो किस्ता दिन भूकम्पबाट अतिप्रभावित ११ जिल्ला विकास समितिमा १२ अर्ब रुपैयाँ पठाइसकेको छ।
गत वर्ष फागुन ३० गते दोलखाको सिंगटीबाट प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान दिन सुरु गरेको थियो। माघ मसान्तसम्म साढे चार लाखभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ताको रकम लिइसकेका छन्।
पहिलो किस्ताको रकम लिएर घर नबनाउने क्रम बढेपछि प्राधिरकणले त्यस्ता पीडितलाई कालोसूचीमा राख्ने र कानुनबमोजिम कारबाही गरिने बताउँदै आएको छ।
धादिङ जिल्लामा पनि पहिलो किस्ता लिएर अधिकांश मानिसले घर बनाउन शुरु गरेको छैन ।