धादिङ फागुन ९ । नेपाली काँगे्रस धादिङले सरकारले आगामी बैशाख ३१ गते स्थानिय निर्वाचन गराउने मिति घोषणा पछि प्रेस विज्ञप्ति जारी गरेको छ ।
विगत १४ वर्ष देखि जनप्रतिनीधि विहिन बनेको स्थानिय निकाय संघिय संरचना अनुसार गाउँपालिका निर्वाचन मिति घोषणा गरेकोमा खुसि व्यक्त गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेको हो ।
नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाद्वारा जारी विज्ञप्तिमा भनेको छ संविधान कार्यान्वयनको लागि स्थानिय तहको निर्वाचन अपरिहार्य अब संविधान कार्यान्वयन अगाडी बढ्यो । निर्वाचनका लागि आफ्नो पार्टीका सबै निकायलाई निर्वाचनमा केन्द्रित हुन समेत विज्ञप्तिमार्फ निर्देशन दिएको छ ।