प्याब्सन महादिवेशनमा धादिङका बानियाँ र ओझाको उम्मेदवारी

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ९, २०७३

धादिङ फागुन ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) को आगामी नेतृत्वका लागि केन्द्रीय सहकोषाध्यक्ष पदमा नवराज ओझाले र प्याब्सन प्रदेश नं. ३ बाट केन्द्रीय उपाध्यक्ष पदमा प्याब्सन केन्द्रीय सदस्य शान्त विक्रम बानियाँले उम्मेदवारी दिनु भएको छ ।

“गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता” भन्ने मूल नाराका साथ आज देखि काठमाडौमा सुरु भएको महाधिवेशनमा धादिङका दुई शिक्षा प्रेमी बानियाँ र आझाले उम्मेदवारी दिनु भएको हो ।

काठमाडौ स्थित कमदाली प्रज्ञाभवनमा आज प्रधान मन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको महादिवेशनमा ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने सहभागि छन् ।

करिब ६ हजार शिक्षण संस्था र करिब रु दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा मंगलबार नयाँ नेतृत्व चयन गर्दै सकिने प्यब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकिले धादिङपोष्टलाई बताउनु भयो ।