आदर्श क्याम्पस गजुरीको स्ववियू चुनाव अनिश्चित

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ८, २०७३

धादिङ फागुन ८ । धादिङ गजुरी गाउँ विकास समितिमा रहेको आदर्श बहुमखी क्याम्पसको स्ववियु चुनाव अनिश्चित बनेको छ ।

क्याम्पसका कर्मचारी रामकुमार श्रेष्ठ र शिक्षक जयराम ढुङ्गानाले विद्यार्थीले उम्मेदवारी दिए पछि आचार संहिता उलङ्घन गरेको उम्मेदवारलाई धम्की र प्रलोभनमा पार्ने हत्कण्डा अपनाएको भन्दै नेवि संघ र अखिल क्रान्तिकारी क्याम्पस इकाइले उनीहरुलाई कारर्वाहीको माग गर्दै तालाबन्धी गरेपछि स्ववियु चुनाव अनिश्चित बनेको हो ।

नेवि संघ र अखिल क्रान्तिकारीले सुचना जारी गर्दै संयुक्त प्यानलका सदस्य उम्मेदवार मनिह कडेललाई उम्मेदवारी फिर्ता गर्न वाध्यपारेको र उनको ठाउँमा अर्को उम्मेदवारी दिन पाउनु पर्ने माग राख्दै सुचना टाँस गरि क्याम्पसमा तालाबन्धी गरेको छ ।