धादिङ फागुन ७ । दश वर्षिय जनयुद्धको जगमा भएको जनआन्दोलन र मधेस आन्दोलको उपलब्धीको हिस्सेदार पत्रकार महासंघको नेतृत्व गर्न तयार रहेको प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष बलराम थापाले बताउनु भएको छ ।
प्रेस सेन्टर जिल्ला समिति धादिङले आयोजना गरेको वनभोज तथा प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष थापाले गणतन्त्र, धर्म निरपेक्षता, संघियताको हिस्सेदार प्रेस सेन्टर भएकोले महासंघको नेतृत्व गर्न आतुर भएको बताउनु भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेले पत्रकार महासंघ कसैको पेवा हैन, धादिङमा कसरी आफुले नेतृत्व निल सकिन्छ त्यसैगरि तालमेल गरेर अगाडी बढ्न प्रेस सेन्टरलाई निर्देशन गर्नुभएको थियो ।
त्यसैगरि प्रेस सेन्टर ३ नम्बर प्रदेशका सचिव टेनिस रोक्काले प्रेस सेन्टर हिजोको सहमति उल्लङ्घन, तालमेलमा अन्तरघातले पाठ सिकेको बताउँदै अब नैतिकता गुमाएर कोहि कसै सँग सम्झौता नगरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य जगत सिंखडा, माओवादी महादिवेशन आयोजक समितिका सदस्यहरु रामबहादुर भण्डारी, विजय बुर्लाकोटी, मनराज भण्डारी, शम्भु श्रेष्ठ, एन के दाहाल, प्रेस सेन्टर ३ नम्बर प्रदेशका सचिव टेनिस रोक्का, प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरी गजुरेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रेस सेन्टर धादिङका अध्यक्ष नारायण सिलवालको सभापत्विमा सम्पन्न कार्यक्रमा विभिन्न मिडियामा आवद्ध ६० जना प्रेस सेन्टर सँग आवद्ध पत्रकारहरु सहभागि रहेका थिए ।