नीलकण्ठ क्याम्पस स्ववियु निर्वाचन मय बन्दै

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७३

धादिङबेसी फागुन ७ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावले धादिङका क्याम्पसहरुमा दलिय राजनीतिक गतिविधिहरु बढेर गएको छ ।

धादिङबेसी स्थित नीलकण्ठ क्याम्पसमा ३ विद्यार्थी संगठनका उम्मेदवारहरुले सभापतिमा उम्मेदवारी दिए सँगै नीलकण्ठ क्याम्पस स्ववियु निर्वाचन मय भएको हो ।

अध्यक्षको उम्मेदवारी दिएका नेपाल विद्यार्थी संगठनका इकाई अध्यक्ष सरोज पाण्डेलाई माओवादी निकट अखिल क्रान्तिकारीले सहयोग गर्ने भएको छ भने एमाले निकट अनेरास्ववियुबाट जीतबहादुर नेपाली ले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै नयाँ शक्ति विद्यार्थी युनियनबाट फोलेमोन तामाङले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।