धादिङ फागुन ६ । धादिङमा यतिवेला विद्यार्थी संगठनलाई भन्दा दलहरुलाई स्ववियु चुनाव लागेको छ । विहिबार नीलकण्ठ र गजुरीमा स्ववियु निर्वाचनको लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरुको उम्मदवारी दर्ता थियो ।
बिहिबार बिहान काँग्रेस माओवादी केन्द्रको वैठक नेपाली काँग्रस पार्टी कार्यलयमा बसेर धादिङका ८ क्याम्पसमा एमालेलाई जित्न नदिने भन्दै संयुक्त प्यानल बनाएर जाने निर्णय गरी यहि सहमति अनुसार उम्मेदवारी दिन आफ्ना विद्यार्थी संगठनलाई निर्देशन गरे ।
उता एमालेले भने अध्यक्ष भुमि त्रिपाठीको पहल र केन्द्रीय सदस्य खेम लोहनीको विशेष उपस्थितिमा बसेको बैठकले कॉंग्रेस हाफ माओवादी पत्तासाफ भन्ने नारा तय गर्दै वैठक सकेको थियो ।
एमाले बैठकको जानकारी दिदै नेकपा एमालेका जिल्ला सदस्य अर्जुनकुमार श्रेष्ठ गोरखालीले आफ्नो फेसबुकमा लेखेका छन् ।
स्ववियु निर्वाचन तथा युवा संघ धादिडस्को सातौं जिल्ला अधिवेशन सन्दर्भमा जिल्ला पार्टीको भुमिका र कॉंग्रेस हाफ माओवादी पत्तासाफूभन्ने नारा सहित विशेष निर्देशन ।
एउटा महत्वपूर्ण राजनीतिक दलको चुनावी नारा यस्तो आउनु र अर्को मुख्य २ सत्ताधारी दलहरुको सबै विद्यार्थी संगठनहरुको अपनत्व हुनेगरि स्ववियु चुनावमा जान आफ्ना विद्यार्थी संगठनहरुलाई छुट नदिई पार्टीले हस्तक्षप गर्नुले धादिङको दलिए एकतामा खटपट भएको हो कि भन्ने आकलन गरिन्छ ।
स्थानिय चुनावको तयारीमा देखिएका दलहरुले स्ववियु चुनावमा देखिएका रस्साकस्सी लोकतन्त्रको एउटा पाटो होला तर एमालेको केन्द्रिय सदस्य उपस्थित वैठकले कॉंग्रेस हाफ माओवादी पत्तासाफ भन्ने नारा त्यति सान्दर्भिक देखिदैन । लोकतन्त्रमा सबैदलले सबै दलको अस्थित्व स्वीकारिनु पर्छ । चुनावी नारा एक दलले अर्को दललाई होइन संगठन विचार केन्द्रित हुनुपर्छ अहिलेका जनता, युवाहरु विचारमा धेरै अगाडी रहेको एक राजनीतिक विष्लेशकले बताए । फोटोः गोर्खाली अर्जुनको फेसबुकबाट