सिद्धलेकलाई भिटोफ नेपालले प्रबद्र्धन गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ५, २०७३

धादिङबेसी फागुन ५ । नलाङ र सलाङको सिमानामा रहेको पर्यटकिय स्थल सिद्धलेकलाई भिटोफ नेपालले प्रबद्र्धन गर्ने भएको छ ।
फागुन १३ गते शिवरात्रीमा सिद्धलेकमा मेला लाग्ने समय पारि भिटोफ नेपालको पुरै कार्यसमिति सिद्धलेक आउन लागेको हो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) ले २०७२ साल बैशाख १२ गते सिद्धलेक प्रमोड गर्ने गरि सलाङको होम स्टेको अध्ययन गर्न स्थानियहरु सँग छलफल गर्दै थियो । तर अफसोच ठुलो क्षेति पुर्याउने गरि भुकम्प गएकोले त्यो अभियान त्यति कै टुङ्गिएको थियो ।

भिटोफ नेपालले सो अभियानलाई सार्थकता दिन फेरि यहि फागुन १३ र १४ पदयात्रा तथा होमस्टे अवलोकल कार्यक्रम आयोजना गर्न लागेको हो ।

पदयात्रा कार्यक्रममा सहभागीका लागि हाइकिङ कार्यक्रम, शिवलिंगमा लाग्ने मेला, साँझपख साँस्कृतिक कार्यक्रमको अवलोकन, मगर गाउँको भ्रमण तथा अर्गानिक खानाका परिकारहरुको ब्यबस्था गरिनेछ ।

कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका अध्यक्षहरु, सरकारी कार्यलयका प्रमुखहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका अध्यक्षहरु, पत्रकारहरुलाई कार्यक्रममा सहभागि हुन र भिटोफलाई सल्लाहा सुझाव दिने गरि आमन्त्रण गरिएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले धादिङपोष्टलाई बताउनु भयो ।
०७२ वैशाख १२ गते भुकम्प जाने दिन बिहान खिचियको सिद्धलेक र सालाङ होमस्टेमा भिटोफ टिम सहितको फोटो