धादिङ फागुन ४ । धादिङ जिल्लाको छत्रेदेउराली गाउँ विकास समिति स्थित दशरथ चन्द माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले संचार उपकरण प्रदान गरेको छ ।
टेलिकमले संचार उपकरण सहित ५ वटा कम्प्युटर हस्तातरण विद्यालयलाई हस्तान्तरण गरेको हो ।
वुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यालय व्यवस्थापन समितीलाई ५ वटा कम्प्युटर र ४ फोरजी क्षमताको वाईम्याक्सको ईन्टरनेट उपकरण हस्तातरण गरेका थियो ।
भुकम्पले क्षतीग्रस्त उक्त विद्यालयलाई नेपाल टेलिकमले २ वर्ष सम्म मासिक ३० जिवी निशुल्क डाउनलोड गर्ने व्यवसथ मिलाईएको नेपाल टेलिकमका शाखा प्रमुख अशोक घिमिरेले हस्तान्तरण कार्यक्रममा बताउनु भएको छ ।