धादिङ फागुुन ३ । धादिङमा रहेका ८ वटा क्याम्पसलाई स्ववियु निर्वाचन गराउँन ३ विद्यार्थी संगठनले आग्रह गरेका छन् ।
आज धादिङबेसीमा सम्पन्न ३ विद्यार्थी संगठनहरुले २०७३ फाल्गुन १४ गते स्ववियुको निर्वाचन गर्न धादिङका ती ८ क्याम्पसहरुलाई स्ववियु निर्वाचन गराउन आग्रह गर्ने निर्णय गरेका हुन् ।
धादिङको मुख्य राजनीतिक दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले तिनै पार्टी संबद्ध विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी, नेबिसंघ र अनेरास्ववियुका अध्यक्षहरुको संयुक्त बैठकले नीलकण्ठक्याम्पस नीलकण्ठ नगरपालिका, नेत्रावती क्याम्पस खहरे, सल्यान्टार क्याम्पस सल्यान्टार, चन्द्रोदय क्याम्पस बिशालटार, वाग्गेश्वरी क्याम्पस रिचोकटार, आदर्श क्याम्पस गजुरी, जय वाग्गेश्वरी बैरेनी र मछिन्द्र क्याम्पस खानिखोला क्याम्पसमा फाल्गुन १४ गते नै स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनलाई अनुरोध गरे ।
बैठकमा नेपाली कांग्रेसका नेता रामनाथ अधिकारि र नेविसंघ धादिङ जिल्ला अध्यक्ष इश्वर अधिकारि नेकपा एमाले जिल्ला नेता अर्जुन कुमार श्रेष्ठ र अनेरास्ववियु धादिङ जिल्ला अध्यक्ष सुधीर विसुराल, नेकपा माओवादी केन्द्र धादिङको अध्यक्ष क शालिकराम जम्कट्टेल, सहसचिव मनराज भण्डारी र अखिल क्रान्तिकारी धादिङका जिल्ला अध्यक्ष माधव छ्त्कुली लगायतको उपस्थिति रहेको थियो ।