माओवादी केन्द्र धादिङको एकै दिन १३ वटा कार्यालय उद्घाटन

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १, २०७३

धादिङ फागुन १ । नेकपा माओवादी केन्द्र धादिङले जनयुद्ध दिवसको अवसर पारी एकै दिन १३ वटा पार्टी कार्यालय उद्घाटन गरेको छ ।

स्थानिय पुनर संरचना अन्तरगत प्रस्तावित धादिङको ११ गाउँ पालिका र २ नगरपालिकामा पार्टीलाई गाउँपालिका संरचना अन्तरगत संचालनगर्न आज पार्टी कार्यालय उद्घाटन गरेको हो ।

गाविस स्तरीय पार्टी संरचना भङ्ग गरि गाउँ पालिको सम्मेलनमा जुटेको माओवादी केन्द्र धादिङले जन सम्पर्कका लागि गाउँ पालिका कार्यलय संचालनमा ल्याएको बताएको छ ।

कार्यालय उद्घाटन 

माओवादी धादिङको इचार्जका रुपमा धादिङ आएका पुष्पविक्रम मल्लले त्रिपुरासुन्दरी गाउँपालिका साविकको मुलपानी, सल्यानटार, त्रिपुरेश्वर, आगिन्चोक र सल्यानकोट गाविस ७ वडा को कार्यालय सल्यानटार उद्घाटन गर्न पुग्नु भएको थियो ।

माओवादी धादिङका जिल्ला अध्यक्ष शालिकराम जमकटेलले बेनिघाट रोराङ गाउँपालिकाको कार्यालय उद्घाटन गर्नु भयो ।

जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले गंगाजमुना गाउँ पालिका  साविकको री, गुम्दी, फुलखर्क, बसेरी र बुढाथुम गाविस ७ वडा को कार्यालय फुलखर्कमा उद्घाटन गर्नु भएको थियो ।

जिल्ला सचिव विजय बुर्लाकोटीले रुवीभ्याली गाउं पालिका साविकको तिप्लिङ, सेर्तुङ र लापा गाविस ६ वडा को कार्यालय उदुघाटन गर्नु भएको थियो ।

सह सचिव मनराज भण्डारीले नीलकण्ठ नगरपालिका साविकको मुरलीभन्ज्याङ, सुनौलावजार साङकोष र नीलकण्ठ गाविसको नीलकण्ठ नगरपालिकामा अव थप हुने खाल्टे र धुंवाकोट गाविस १४ वडा, को पार्टी कार्यालय उद्घाटन गर्नु भएको छ ।

जिल्ला कोषाध्यक्ष शम्भु श्रेष्ठले सिद्धलेक गाउँ पालिका ९ साविकको नलाङ, सलाङ र कुम्पुर गाविस ७ वडा को कुम्पुर स्थित फिसटारमा पार्टी कार्यालय उद्घाटन तथा सहिद तथा व्यवत्ता परिवार सम्मान गर्नुभएको थियो ।

स्थानीय निकाय पुर्नसंचरना आयोग जिल्ला प्राविधिक समितिले धादिङ जिल्लामा ९० वडा कायम गर्ने सिफारिश गरेको छ । साविकको ४६ गाउँ विकास समिति र १ नगरपालिकालाई मिलाएर वनाईएको नयाँ संरचना अनुसार धादिङ जिल्लामा अब दुई नगरपालिका र ११ गाउं पालिका रहनेछ ।

१.रुवीभ्याली गाउं पालिका साविकको तिप्लिङ, सेर्तुङ र लापा गाविस ६ वडा
२. खनियाबास गाउं पालिका साविकको झार्लाङ, दार्खा, सत्यदेवी गाविस ५ वडा
३. गंगाजमुना गाउँ पालिका साविकको री, गुम्दी, फुलखर्क, बसेरी र बुढाथुम गाविस ० ७ वडा
४.नेत्रावती गाउं पालिका साविकको मार्पाक, कटुञ्जे, सेमजोङ गाविस ५ वडा
५.त्रिपुरासुन्दरी गाउँपालिका साविकको मुलपानी, सल्यानटार, त्रिपुरेश्वर, आगिन्चोक र सल्यानकोट गाविस ७ वडा
६. ज्वालामुखी गाउँ पालिका साविकको मैदी, ढोला, खरी र चैनपुर गाविस ७ वडा
७.नीलकण्ठ नगरपालिका साविकको मुरलीभन्ज्याङ, सुनौलावजार साङकोष र नीलकण्ठ गाविसको नीलकण्ठ नगरपालिकामा अव थप हुने खाल्टे र धुंवाकोट गाविस १४ वडा,
८. सिद्धलेक गाउँ पालिका साविकको नलाङ, सलाङ र कुम्पुर गाविस ७ वडा
९. वेनिघाट रोराङ गाउँ पालिका साविकको महादेवस्थान, वेनिघाट,धुषा र जोगिमारा १० वडा
१०. गजुरी गाउं पालिका साविकको किराञ्चोक, पिडा र गजुरी गाविस ८ वडा
११. गल्छी गाउं पालिका साविकको बैरेनी, कल्लेरी र गोगनपानी गाविस ९ वडा
१२. थांक्रे गाउं पालिका साविकको केवलपुर, थांक्रे, तसर्पु र भुमेस्थान गाविस १० वडा
१३. धुनिवेसी नगरपालिका साविकको छत्रेदेउराली, जिवनपुर र नौविसे गाविस ९ वडा