मान्छे धर्म बिर्सिन्छ पाप सम्झिन्छ
जसरी पनि फलिफाप सम्झिन्छ
चोट दिएपछि खुकुरीले पनि
विस्राम लिन्छु भन्दै दाप सम्झिन्छ
जिन्दगीको त्यान्द्रो चुँडिननि सक्छ
हो त्यसैले मनले धराप सम्झिन्छ
बुद्धिजीवी यहाँ मै हुँ भन्दै हिड्छ
भेटेजति सबै खराब सम्झिन्छ
जड्याहालाई मैलो पानी देखाउ
त्यो पनि त ऊस्ले शराब सम्झिन्छ
चेला सिक्छु भन्ला गुरु सिकाउनु
नत्र बुबाको औंठा छाप सम्झिन्छ
निर्मल पुरी ‘भोगि’