धादिङ माघ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको जिल्ला अधिवेशनबाट नवराज श्रेष्ठ ५३ मतका साथ अध्यक्षमा विजयी हुनु भएको छ ।
नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा धादिङबेसीमा बुधबारदेखि सुरुभएको जिल्ला अधिवेशनमा जिल्ला सदस्यहरु सहमति भए पनि जिल्ला अध्यक्षका उमेदवार ४ जना बीच कुरा नमिलेपछि बिहिबार साँझ ६ बजेबाट अध्यक्ष पदको लागि मतदान प्रक्रिया सुरु थियो ।
मतदानमा प्रक्रियाबाट धादिङ कटुञ्जेका श्रेष्ठले प्रतिस्पर्धी ३ जनालाई हराउँदै जिल्ला अध्यक्ष बुन्नु भएको हो । अन्य अध्यक्षका उमेदवार नन्दप्रसाद काप्रीले २७ मत, धुर्वप्रसाद खनाल २४ र ज्ञानबहादुर ठकुरीले १४ मत पाएका थिए ।
धादिङका ३ वटै निर्वाचन क्षेत्रबाट आएका १ सय २२ जना प्रतिनीधिहरुले मताधिकार पाउने गरि भएको अधिवेशनका लागि अध्यक्षको लागि ५ जनाको उम्मेदवारी मतदान प्रक्रिया अगावै आफ्नो उम्मेदवारी फिर्ता लिएकाले ४ जना उम्मेदवार बीच मात्र प्रतिस्पर्धा भएको थियो ।
२५ जना सदस्यकोको लागि उम्मेदवारी परेको र २१ जना सदस्य हुनु पर्नेका २५ जनाको उम्मेदवारी परेकोले यसलाई नेताहरुले २१ अहिले टुङ्ग्याउने र बाँकी ४ जनालाई निर्वाचित अध्यक्षले मनोनयन गर्ने गरि सहमति गरेका थिए ।
सदस्यहरु