धादिङ माघ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेपछि मतदान सुरु भएको छ ।
नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा धादिङबेसीमा बुधबारदेखि सुरुभएको जिल्ला अधिवेशनमा जिल्ला सदस्यहरु सहमति भए पनि जिल्ला अध्यक्ष उमेदवार ५ जना बीच कुरा नमिलेपछि बिहिबार साँझ ६ बजेबाट अध्यक्षका लागि मतदान प्रक्रिया सुरु भएको हो ।
धादिङका ३ वटै निर्वाचन क्षेत्रबाट आएका १ सय २२ जना प्रतिनीधिहरुले मताधिकार पाउने गरि भएको अधिवेशनका लागि अध्यक्षको लागि ५ जनाको उम्मेदवारी र २५ जना सदस्यकोको लागि उम्मेदवारी परेको छ । २१ जना सदस्य हुनु पर्नेका २५ जना को उम्मेदवारी पर्यो यसलाई नेताहरुले २१ अहिले टुङ्ग्याउने बाँकी ४ जनालाई निर्वाचित अध्यक्षले मनोनयन गर्ने गरि सहमति भएको बताईएको छ ।
को-को ले दिए अध्यक्षमा उम्मेदवारी
को-को ले उमेदवारी दिए सदस्यमा