प्रेस सेन्टर धादिङले अन्तर संगठन छलफल कमिटि बनायो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७३

धादिङ माघ २५ । आगामी फागुन १७ गते हुने पत्रकार महासंघको जिल्ला अधिवेशनलाई केन्द्रित गरी प्रेस सेन्टर धादिङले नारायण सिलवालको संयोजकत्वमा ४ सदस्यीय अन्तर संगठन सँग छलफल गर्ने गरि कमिटि बनाएको छ ।

१९५ जना सदस्य रहेको पत्रकार महासंघ धादिङको अधिवेसनबाट जिल्ला कार्य समिति र केन्द्रिय पारषद निर्वाचित हुने हुँदा प्रेस चौतारी, प्रेस यूनियन, प्रेस सोसाईटी लगायतका संगठनहरु सँग अधिबेसनमा कसरी जाने र पत्रकार महासंघमा सवैको प्रतिनिधित्व कसरी गर्ने भन्ने विषयमा अन्य संगठनहरु संग छलफल गर्न सेन्टरले समिति बनाएको हो ।

प्रेस सेन्टर ३ नम्बर प्रदेशका अध्यक्ष सुनिल खड्काको प्रमुख आतिथ्यतामा भएको प्रेस सेन्टर धादिङको नियमित वैठकमा पत्रकार महासंघको निर्वाचनलाई समेत एउटा एजेण्डा बनाई छलफल गरेको र त्यहि अनुरुप सिलवालको संयोजकत्वमा रमेश आचार्य, अर्जुन खतिवडा, ठाकुर गुरुङ र बद्री अधिकारी रहेको छलफल कमिटि बनाएको प्रेस सेन्टर धादिङले बताएको छ ।